कीवर्डहरू -

अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता

अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता

फेसबुक, गूगल, टिकटक र ट्वीटरले अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन र सुरक्षित बनाउन प्रतिबद्धता जनाएका छन् । यी चार ओटा टेक जायन्टहरुले प्यारिसमा भएको संयुक्त राष्ट्र उत्पादन समानता फोरममा यो प्रतिज्ञा गरेका हुन् ।

सुरक्षा बढाउनका लागि रिपोर्ट गर्नलाई पनि रिपोर्टिङ प्रणालीलाई अझै विस्तृत गर्ने कम्पनीहरुको योजना रहेको छ ।

त्यस्तै सहज र धेरै भाषाहरुमा सुरक्षाका लागि फिचरहरु पनि ल्याउने कम्पनीहरुले फोरममा जनाएका थिए । रिपोर्ट गरिएको बारेमा ट्रयाक गर्ने र रिपोर्टको उचित व्यवस्थापनमा पनि ध्यान दिने बताएको छ ।

त्यस्तै रिपोर्ट गर्दा मार्गदर्शन र नीतिहरुलाई कम्पनीहरुले अझै बढावा दिने निर्णय गरेका छन् । वेब फाउण्डेसनले महिलाको अनलाइन सुरक्षामा केके प्रगति भएको छ भनेर वार्षिक रुपमा रिपोर्ट पनि सार्वजनिक गर्ने भएको छ ।

२०० जना भन्दा बढि चर्चित व्यक्तित्वले यी चार कम्पनीको सिईओहरुलाई चाँडै सो कार्य गर्नका लागि ओपन लेटरमा हस्ताक्षर गरेका छन् ।

यसमा एम्मा वाट्सन, जिलियान एन्डर्सन, बेलायतका सासंदिय सदस्य डायन एबोट र जेस फिलिप्स, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड जस्ता व्यक्तित्वहरु रहेका छन् ।