कीवर्डहरू -

स्क्वारले बिटक्वाइनका लागि हार्डवेयर वालेट बनाउने

स्क्वारले बिटक्वाइनका लागि हार्डवेयर वालेट बनाउने

स्क्वारले बिटक्वाइन लागि हार्डवेयर वालेट बनाउने भएको छ । ट्वीटर र स्क्वारको सिईओ ज्याक डोर्सेले यो कुराको जानकारी दिएका छन् । यो प्रडक्ट विश्वव्यापी र मोबाइल प्रयोगका लागि पनि उपलब्ध हुने जनाइएको छ ।

यसले बिटक्वाइन सुरक्षा अझै बढाउने कम्पनीले विश्वास गरेको छ । कम्पनीले प्रडक्टलाई अझै राम्रो बनाउनका लागि मान्छेहरुसँग सुझाव लिइरहेको छ ।

यसले कम्पनीको काममा अझै प्रोत्साहन र राम्रो विचारहरु पाइने स्क्वाररले बताएको छ । डोर्सेले बिटक्वाइनलाई एकदमै पक्षमा आफू स्कवार वा ट्वीटरमा काम नगरिरहेको भए बिटक्वाइनमा काम गर्ने पनि बताएका छन् ।

उनले आफ्नो बायोमा ह्यासट्याग बिटक्वाइन लेखेका छन् । प्रयोगकर्ताले स्क्वारको क्यास एपबाट बिटक्वाइन खरिद र विक्री गर्न सक्छन् ।