कीवर्डहरू -

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस

माइक्रोसफ्टले क्लाउडमा आधारित विन्डोज ३६५ ओएस सार्वजनिक गरेको छ । माइक्रोसफ्टले अब विन्डोज अपरेटिङ प्रणालीलाई क्लाउडमा आधारित सेवामा परिणत गरेको छ ।

यसले गर्दा बिजनेस एपहरुलाई सजिलै प्रयोग गर्न सकिन्छ । यो सेवालाई माइक्रोसफ्टले विन्डोज ३६५ नाम दिएको छ र यो फिचर अगस्त २ मा रोल आउट हुनेछ ।

यो फिचरलाई तपाईसँगै भएको पिसीबाट क्लाउडको मद्दतले पहुँच पाउन सकिनेछ । यसका लागि एचटीएमएल ५ चल्ने वेब ब्राउजर भने चाहिन्छ ।

यो फिचरले विशेषगरी विद्यार्थी र व्यवसायीहरुलाई सहयोग पुर्‍याउँनेछ । प्रयोगकर्ताहरुबाट जहाँ बसेर पनि छिटो र सहज रुपमा पिसी प्रयोगको माग गरेर कम्पनीलाई प्रतिक्रिया आएपछि माइक्रोसफ्टले यो क्लाउडमा आधारित भर्सन उपलब्ध गराएको हो ।

यसले कर्मचारीहरुलाई हाइब्रिड वर्क पनि गर्नलाई सहज बनाउने छ । यसलाई ठूलो आईटी डिपार्टमेन्ट नराखिकनै सानो व्यवसाय तथा विद्यालयहरुले पनि प्रयोग गर्न सक्छन् ।

विन्डोज ३६५ ले माइक्रोसफ्ट ३६५, डाइनामिक ३६५ र पावर प्लेटफर्म जस्ता व्यवसायीक एपहरुलाई पनि सपोर्ट गर्ने माइक्रोसफ्टले बताएको छ । यसमा क्लाउड पिसीको व्यवस्थापन र नीति नियम मान्नका निम्ति माइक्रोसफ्ट एण्डपोइन्ट म्यानेजर पनि प्रयोग गर्न सकिनेछ ।

विन्डोज ३६५ एण्डपोइन्ट एनालाइटिक्ससँगै आउने गर्दछ जसले नेटवर्कमा इन्टरनेट कनेक्सनको अवस्था हेर्न दिन्छ । रिमोट रुपमा पहुँच गर्न दिएसँगै विन्डोज ३६५ मा जिरो ट्रस्ट भन्ने पनि फिचर रहेको छ जसले मल्टि फ्याक्टर अथेन्टिकेसन पनि दिने गर्दछ ।

त्यस्तै यसमा माइक्रोसफ्ट डिफेन्डर प्रयोग गरेर सुरक्षा अझै बढाउन पनि सकिन्छ । यो भर्सनको विकास गत वर्ष देखिनै भईरहेको थियो ।

यो फिचर एप्पल र अल्फाबेटमा पहिले देखि भएकले यो फिचरले माइक्रोसफ्टको प्रयोगकर्तालाई पनि एकदमै सहयोग पुर्‍याउने बताइएको छ ।