कीवर्डहरू -

मदन भण्डारी कलेजमा आजदेखि ‘एमबीएमसी ह्याकफेस्ट २०२६’

मदन भण्डारी कलेजमा आजदेखि ‘एमबीएमसी ह्याकफेस्ट २०२६’

काठमाडौं । विद्यार्थीको प्राविधिक क्षमता र सिर्जनशीलतालाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्ने उद्देश्यले मदन भण्डारी मेमोरियल कलेजले दुई दिने ‘एमबीएमसी ह्याकफेस्ट २०२६’ आयोजना गरेको छ ।

null

‘सोच, नवप्रवर्तन र निर्माण’ भन्ने नाराका साथ आयोजना भएको ह्याकफेस्ट भदौ ६ र ७ गते कलेजको सभाहलमा सञ्चालन भइरहेको छ । कार्यक्रममा विद्यार्थीले समूह बनाएर नयाँ प्रविधिमूलक परियोजना विकास गर्ने र त्यसलाई निर्णायकमाझ प्रस्तुत गर्नेछन् ।

null

आन्तरिक ह्याकाथनका रूपमा आयोजना हुने कार्यक्रममा छ वटा विकाससत्र, मेन्टरिङ तथा अन्तिम निर्णायक चरण समावेश गरिएका छन् । पहिलो दिन सहभागीको दर्ता, कार्यक्रमका नियम तथा आचारसंहिताबारे जानकारी दिएपछि ह्याकाथनको औपचारिक सुरुवात हुनेछ ।

कलेज प्रमुख डा. बाबुराम अधिकारीले ह्याकफेस्टले विद्यार्थीलाई कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर दिने बताए । उनका अनुसार कार्यक्रममा विद्यार्थीबीच सहकार्य, समस्या पहिचान, समाधान विकास र आफ्ना परियोजना प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमताको विकासमा जोड दिइनेछ ।

null

ह्याकफेस्टमार्फत विद्यार्थीमा नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक सीप विकास गर्नुका साथै समूहमा काम गर्ने संस्कृतिलाई बलियो बनाउने कलेजको लक्ष्य छ । मदन भण्डारी मेमोरियल कलेजले विद्यार्थीलाई प्रविधि र नवप्रवर्तनसँग जोड्न यस्ता कार्यक्रमलाई नियमित रूपमा अघि बढाउँदै आएको जनाएको छ ।

null