कीवर्डहरू -

क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने

क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने

क्लबहाउसले म्यासेजिङ फिचर सार्वजनिक गरेको छ । क्लबहाउसले ब्याकच्यानल भन्ने मेसेजिङ फिचर सार्वजनिक गरेको हो । यो फिचरले गर्दा प्रयोगकर्ताले अडियोका साथै म्यासेजबाट पनि च्याट गर्न सक्छन् ।

यो फिचरको बारेमा एपले केही समय अगाडि गल्तीले केही प्रयोगकर्तालाई जानकारी लिक पनि गरेको थियो । त्यो समयमा क्लबहाउसले एपमा म्यासेजिङ फिचरको जानकारी लिक भएपछि हतारिँदै त्यसलाई हटाएको थियो ।

यो फिचर अरु हरेक सामाजिक सञ्जालमा उपलब्ध भएको हुँदा क्लबहाउसले पनि राखेको कम्पनीको भनाइ छ । यस फिचरबाट एक जनासँग मात्रै र ग्रुपमा पनि मेसेज गर्न सकिने छ ।

यसले गर्दा निजी रुपमा पनि सहभागी र होस्टसँग अन्तरक्रिया गर्न मिल्ने आशाले यो फिचर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।