कीवर्डहरू -

जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी

जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी रहेको बताएको छ ।

विभागले एक विज्ञप्ती जारी गर्दै हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयु, विन्टर, क्राउनवान, सोलेम्याक्स, पोइन्ट विस नेटवर्किङ व्यवसाय गैरकानूनी रहेको बताएको हो ।

बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन तथा नियमावली २०७६ मा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाईने व्यवस्था छ ।

विभागको विज्ञप्तिमा भनिएको छ, ‘हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयु, विन्टर, क्राउनवान, सोलेम्याक्स, पोइन्ट विस लगायतका स्वेदेशी तथा विदेशी व्यक्त/फर्म/कम्पनीहरु समेतले वस्तुको प्रत्यक्ष विक्रीका नाममा गैरकानूनी रूपले अनलाइन माध्यमको प्रयोग गरी नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरुलाई समेत त्यसमा आवद्ध गरी ठगी गरेको तथा पुँजी पलायन गरेको गुनासो र उजुरी यस विभागमा आएको हुनाले त्यसप्रति विभागले गम्भिर ध्यानाकर्षण भएको छ ।’

गुनासो र उजुरीका आधारमा केही व्यक्ति फर्म तथा कम्पनीहरु उपर अनुसन्धान जाँचबुझ र छानबिन भइरहेको विभागले जनाएको छ ।

त्यस्ता गैरकानूनी काम कारवाही गरे गराएमा उल्लेखित कानूनले १० लाख रूपैयाँसम्म वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको छ ।

\"\"