कीवर्डहरू -

काठमाडौंको बौद्धबाट मोबाइल लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौंको बौद्धबाट मोबाइल लुटपाट गर्ने ३ जना पक्राउ

बौद्ध ईलाकामा मोबाइल चोरी तथा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा घर भएका १८ वर्षीय समिर तामाङ, २२ वर्षीय विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई रहेका छन् ।

मोबाइल चोरी तथा लुटपाट भएको गुनासो आएपश्चात्महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको विशेष प्रहरी टोलीले मोबाइल चोरी गर्ने तथा लुटेराहरुको खोजतलास गर्ने क्रममा २० थान लुटेको मोबाइलसहित ३ जनालाई बिहिबार पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजना उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।