कीवर्डहरू -

खल्तीमा प्राईम बैंकको खाता लिंक गर्दा सय रूपैयाँ बोनस पाइने

खल्तीमा प्राईम बैंकको खाता लिंक गर्दा सय रूपैयाँ बोनस पाइने

डिजिटल वालेट खल्तीले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रूपैयाँ बोनस प्रदान गर्ने भएको छ। एकपटक बैंक खाता लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने छ ।

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुनेछ ।

लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा नि:शुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । यो योजना जुलाई १६ देखि ३१ तारिख सम्म खल्ती सँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ।

खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएको बताए ।

‘यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्,’ उनले भने, ‘साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंकमा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको छ ।’

प्राईम बैंक अकाउन्ट खल्तीसँग कसरी लिंक गर्ने ?

  • खल्तीको होम स्क्रिनमा देखाइएको मोर अप्सनमा गई लिंक बैंक अकाउन्टमा ट्याप गर्ने ।
  • उपलब्ध बैंकहरु मध्ये प्राईम बैंक सेलेक्ट गर्ने ।
  • आवश्यक सबै विवरणहरु भरि सबमिट बटनमा थिच्ने ।
  • अब रजिस्टर गरिएको मोबाइलमा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।