कीवर्डहरू -

फेसबुकले सार्वजनिक गर्यो इरानी ह्याकरले अमेरिकी सैन्यमाथि साइबर आक्रमणको गोप्य योजना

फेसबुकले सार्वजनिक गर्यो इरानी ह्याकरले अमेरिकी सैन्यमाथि साइबर आक्रमणको गोप्य योजना

इरानका ह्याकरले फेसबुक प्रयोग गरेर अमेरिकी सैन्य शक्तिमाथि साइबर आक्रमण गर्न लागेका गोप्य योजना सार्वजनिक भएको छ । फेसबुकले नै यो तथ्यलाई सार्वजनिक गरेको हो । यो समूहको नाम ठरटोइज सेल रहेको थियो । यो समूहले एयरोस्पेस उद्यमलाई पनि लक्षित गरेको थियो ।

यसले विशेषगरी अमेरिकालाई आक्रमण गर्न प्रयास गरेको थियो तर बेलायत र यूरोपको केही भाग पनि यसको प्राथमिक लक्ष्यमा रहेको थियो ।

यो समूहसँग एकदमै शक्तिशाली स्रोतहरु भएको र कसले सञ्चालन गरेको हो भनेर थाहा नपाउने गरी काम गरिरहेको पाइएको छ ।

फेसबुक प्रयोग गरेर ह्याकरहरुले विभिन्न म्यासेज तथा वेबसाइटहरु पठाइरहेको थिए जहाँबाट मालवेयर पनि जाने गर्दछ । यो समूहले विगतमा मध्यपूर्वी भागको आईटी कम्पनीहरुलाई लक्षित गर्दै आएको छ ।

यसले ह्याक गर्न चीनको एभिल आई जस्तै प्रक्रिया प्रयोग गर्ने गर्दछ । ह्याकरहरुले फेसबुकमा परिष्कृत अनलाइन व्यक्तित्वहरु बनाएर आफ्नो लक्ष्यहरुसँग कुरा गर्न लगाईरहेको थियो ।

उनीहरुले आफ्नो टार्गेटको विश्वास जितेर लिकंहरुमा क्लिक गर्न लगाउने गरेका थिए । उनीहरुले विश्वासका लागि विभिन्न अरु सामाजिक सञ्जालहरुमा पनि अकाउन्ट बनाएका थिए । यी ह्याकरहरुका लागि मालवेयर माहाक रायन अर्फाज भन्ने कम्पनीले बनाएको थियो ।