कीवर्डहरू -

साओमी बन्यो पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता

साओमी बन्यो पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता

साओमी पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता बन्न सफल भएको छ । विश्वव्यापी प्रविधि बजार विश्लेषक फर्म क्यानालिसका अनुसार सन् २०२१ के दोस्रो भागमा चिनियाँ कम्पनी साओमी विश्वकै दोस्रो ठूलो फोन निर्माता ब्राण्ड बनेको छ ।

यो स्मार्टफोनले कुल बजारको १७ प्रतिशत मार्केट ओगटेको पाइएको छ । यो भनेको गत वर्षको तुलनामा ८३ प्रतिशतले वृद्धि भएको हो ।

१४ प्रतिशत मार्केट ओगटेको एप्पललाई उछिन्दै साओमीले चीनकै ओप्पो, भिभोको स्थान नी पार गरेको छ । ओप्पो र भिभोले कुल बजारको १० प्रतिशत मार्केट लिएका छन् । यो सूचीमा दक्षिण कोरियाको कम्पनी सामसङले १९ प्रतिशत मार्केट लिएर शीर्ष स्थान हासिल गरेको छ ।

साओमी विश्वकै दोस्रो ठूलो फोन निर्माता बन्नुको कारण मूल्यनै देखिन्छ । सामसङको भन्दा यसको मूल्य ४० प्रतिशतले कम रहेको छ र एप्पल भन्दा ७५ प्रतिशतले ।

यही कारणले यसको विक्री ल्याटिन अमेरिकामा ३०० प्रतिशत, अफ्रिकामा १५० प्रतिशत र पश्चिमी यूरोपमा ५० प्रतिशतले वृद्धि भएको छ ।

यो कम्पनीले ह्वावे जसरी अमेरिकाको ब्ल्याक लिस्टिङ पनि भोग्नु नपरेकाले आगामी दिनमा पनि सफलता बढ्दैनै जाने देखिन्छ ।

क्यानालिसका अनुसार आगामी दिनमा भिभो र ओप्पोले पनि विश्वव्यापी रुपमा प्रभावकारी कम्पनी बन्ने लक्ष्य राखेका छन् ।