कीवर्डहरू -

सन् २०२० को मध्यसम्म ट्विटरले हटायो धेरै अनैतिक कन्टेन्ट

सन् २०२० को मध्यसम्म ट्विटरले हटायो धेरै अनैतिक कन्टेन्ट

ट्वीटरले सन् २०२० को दोस्रो भागमा पहिलेको भन्दा धेरै बढी अनैतिक र अपमानजनक कन्टेन्टहरुलाई हटाएको छ । ट्वीटरले आफ्नो प्लेटफर्मलाई अझै नियमबद्ध र नैतिक बनाउँदै गईरहेको छ । यो कुरा बुधबार कम्पनीले पारदर्शिता रिपोर्टमा जानकारी दिएको छ ।

सन् २०२० को जुलाई १ देखि डिसेम्बर ३१ मो बिचमा कम्पनीले ९६४,४५९ अकाउन्टहरुलाई अनैतिक कन्टेन्ट सेयर गरेको भनेर कारवाही गरेको थियो ।

सन् २०२० को पहिलो भागको तुलनामा दोस्रो भागमा १४२ प्रतिशतले बढी कन्टेन्ट फिल्टर गरिएको रिपोर्टले देखाएको छ ।

यो समयमा ट्वीटरले धेरै घृणा गर्ने खालको कन्टेन्टहरु पनि हटाएको तथ्याकं सार्वजनिक गरेको छ । घृणा गर्ने खालको कन्टेन्ट राख्ने १ लाख १२६ हजार ९९० अकाउन्टहरुलाई ट्वीटरले उचित सजाय दिएको छ । यो सन् २०२० को पहिलो भागको तुलनामा ७७ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

कम्पनीले डर त्रास पैदा गर्ने किसिमको कन्टन्टेहरुलाई पनि डिलिट गर्दै आईरहेको छ । कम्पनीले अटोमेसन मोडरेसन टूल पनि अझै उन्नत भएको रिपोर्टमा सार्वजनिक गरेको छ ।

सन् २०२१ मा पनि अपमानजनक भाषाको प्रयोग कम गर्नका लागि कम्पनी तत्पर रुपमा काम गरिरहने बताएको छ ।