कीवर्डहरू -

यस्तो छ ‘राष्ट्रिय फ्रिक्वन्सी रणनीति’को मस्यौदा, सुझाब पेश गर्न प्राधिकरणको अनुरोध  

यस्तो छ ‘राष्ट्रिय फ्रिक्वन्सी रणनीति’को मस्यौदा, सुझाब पेश गर्न प्राधिकरणको अनुरोध  

नेपाल दूरसञ्चार प्राधिकरणले ‘राष्ट्रिय फ्रिक्वन्सी रणनीति’को मस्यौदा तयार गरेको छ ।

यसअघि रहेको फ्रिक्वन्सी नीतिलाई थप व्यवस्थित र परिमार्जन गर्दै रणनीति तयार गरेको । फ्रिक्वन्सी नीतिलाई नयाँ र व्यवस्थित बनाउनको लागि रणनीति ल्याउन लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

मोबाइल ब्रोडव्यान्डमा पहुँच बढाउन, इन्टरनेट ब्रोडव्यान्डलाई विस्तार गर्नेलगायतका उद्देश्य पुरा गर्न नयाँ रणनीति तयार पारिएको हो ।

साथै, सरकारले डिजिटल नेपाल फ्रेमवर्क योजना अगाडि सारिरहेको बेला त्यसलाई पनि मूर्तरुप दिन फ्रिक्वन्सी नीतलाई परिमार्जन गर्दै रणनीति ल्याउन आवश्यक भएको पौडेलको भनाइ छ ।

मोबाइल सेवा प्रदायकबीच प्रतिस्पर्धी वातावरण बनाउन, सेवा प्रदायकलाई आवश्यक फ्रिक्वन्सी प्रयाप्त मात्रामा उपलब्ध गराने उद्देश्यले यो रणनीति ल्याउन लागिएको हो ।

साथै, फाइभजी जस्ता नयाँ प्रविधिलाई समयमै फ्रिक्वन्सी उपलब्ध गराउन, फ्रिक्वन्सीबाट सरकारलाई बढी राजश्व संकलन गर्न, मोबाइल ब्रोडव्यान्ड सेवालाई देशभर पुर्याउन, हस्तक्षममुखी वातावरणबाट मुक्ता राख्नेलगायतका उद्देश्यका साथ यो रणनीति ल्याउन लागिएकोे मस्यौदामा उल्लेख छ ।

प्राधिकरणले वेबसाइटमा सार्वजनिक गर्दैै उक्त रणनीतिमा आवश्यक राय, सुझाब र प्रतिक्रिया दिन अनुरोध गरेको छ । १५ दिनभित्र इमेल ठेगाना [email protected] वा [email protected] मा सुझाब पेश गर्न सूचना जारी गरेको छ ।

यस्तो राष्ट्रिय फ्रिक्वन्सी रणनीति