कीवर्डहरू -

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ भएका छन् । काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाइ गरेका हुन् ।

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यवाद दिँदै उनको योगदान संस्थाले भविष्यमा पनि सम्झिरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए ।

बिदाई कार्यक्रममा देवकोटाले आफूले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे ।

देवकोटाले हाम्रो पात्रोमा प्रबन्ध निर्देशकसहितको यात्रा अविश्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए ।

‘यस यात्रामा प्रयोगकर्ता, नेपाली मिडिया तथा बजारले गरेको सहयोग र सहकार्यका लागि कृतज्ञ छु’, उनले भने ।