कीवर्डहरू -

डिशहोम फाइबर नेटको सेवा अब धरानमा

डिशहोम फाइबर नेटको सेवा अब धरानमा

डिशहोम फाइबरनेटको सेवा धरानमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट सेवा दिने उदेश्यले सन् २०२० मा डिशहोम फाइबर नेटको सेवा शुरू भएको थियो ।

फाइबरनेट जडान गर्दा डिशहोम टिभीको निःशुल्क सदस्यता, छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि १०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर, धरान र विराटनगरमा डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ।

अब छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्न लागेको डिशहोमले जनाएको छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।