कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भोलिदेखि अनिवार्य अवकाशमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भोलिदेखि अनिवार्य अवकाशमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले साउन ६ गते बुधबारबाट अनिवार्य अवकाश पाउने भएका छन् ।

निजामती किताबखानाका अनुसार सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयका सचिव बस्यालले भोलिदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

गत साउनमा उनी सञ्चार मन्त्रालयको सचिवमा नियुक्त भएका थिए । सञ्चार मन्त्रालय रहदा बस्यालले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्यवन गर्न पहल गरेका थिए ।

उनी साइबर सेक्युरिटी पोलिसी ल्याउन र अन्य नीतिगत सुधारमा लागेको थिए । उनकै कार्यकालमा क्लिक फिड लागु भएको थियो ।

सञ्चार मन्त्रालयमा आउनुअघि बस्याल गण्डकी प्रदेशको मूख्यमन्त्री कार्यालयका प्रमूख सचिव थिए । स्थायी घर पाल्पा भएका उनीसँग कुटनीतिको पनि अनुभव रहेको छ ।

चीनको लासामा महावाणिज्य दुतका रुपमा काम गरिसकेका बस्यालले इमान्दार र मेहनती सचिवका रुपमा आफ्नो छवी बनाएका छन् ।