कीवर्डहरू -

१४.७ बिलियन डलरमा क्लाउड कल सेन्टर कम्पनी फाइभ नाइन खरिद गर्दै जूम

१४.७ बिलियन डलरमा क्लाउड कल सेन्टर कम्पनी फाइभ नाइन खरिद गर्दै जूम

जूमले फाइभ नाइन नामक क्लाउड कल सेन्टर कम्पनीलाई १४.७ बिलियन डलरमा खरिद गर्ने भएको छ । कोरोना महामारीको समयमा चर्चामा आएको जूमले फाइभ नाइनलाई अधिग्रहण गर्ने भएको हो ।

जुमको यसअघि पनि प्रविधि थियो । अब यो सम्झौतासँगै जूमको २४ बिलियन डलरको कल सेन्टर प्रविधि भएको छ । यो सम्झौता पूर्ण भएपछि फाइभ नाइनलाई जूमले अपरेटिङ यूनिटको रुपमा प्रयोग गर्नेछ ।

फाइभ नाइन २० वर्ष पुरानो कम्पनी हो र यो कम्पनीका विश्वभर २ हजार ग्राहक रहेका छन् । वार्षिक रुपमा फाइभ नाइनले एक मिनेटमा ७ बिलियन कल प्रोसेस गर्ने गर्दछ ।

जूमले आफू फाइभ नाइनको लामो समयदेखि ग्राहक रहेको पनि बताएको छ । यो अधिग्रहणले दुवै कम्पनीको ग्राहकलाई खासै फरक नपार्ने जनाइएको छ ।