कीवर्डहरू -

ईमोजी एक भाषा बन्दै, रिपोर्ट भन्छ: ईमोजी प्रयोग गर्ने ‘फन्नी’ हुन्छन् 

ईमोजी एक भाषा बन्दै, रिपोर्ट भन्छ: ईमोजी प्रयोग गर्ने ‘फन्नी’ हुन्छन् 

ईमोजी बारे तपाईलाई थाहा नै छ । हामीले डिजिटल दुनियामा विभिन्न प्रतिक्रिया जस्तो कि खुसी, दुख, हाँसो लगायतका भावना देखाउन प्रयोग हुने सांकेतिक आकृतिहरु ।

ईमोजीले लामो यात्रा तय गरेर अहिले हाम्रो स्मार्टफोन र किबोर्डमा आईपुगेका छन् । यी डिजिटल क्यारेक्टरहरु हाम्रो दैनिक जीवनमा एक हिस्सा बनिरहेका छन् ।

यसले हाम्रो परिवार, मित्रजन, इन्टरनेटमा नचिनेको मान्छे र प्रोफेसनल क्षेत्रमा सञ्चार गर्ने ढाँचामा परिवर्तन ल्याएको छ । यसले मेसेजमा अर्थपूर्ण जानकारी र भावहरु जोड्नलाई मद्दत पु¥याएको छ ।

ईमोजी एक भाषा बन्दै

अहिले विश्वमा ३ हजार ५ सय २१ ईमोजी प्रयोग भइरहेको छ ।  जसमा स्माईली, चिन्ह, झण्डा, ठाउँको ईमोजी, खानेकुरा र पेय पदार्थको चिह्न जस्ता ईमोजीहरु एकदमै प्रयोगमा छन् । सन् २०१५ को तुलनामा हाम्रो ईमोजीको प्रयोग ४० प्रतिशतले बढेर गएको तथ्यांक छ ।

ईमोजीले हामीले लेखेको भन्दा धेरै बढि व्यक्त गर्न सक्छ । यसले हामीले लेखेको मेसेज भित्रको लुकेको पक्ष पनि उजागर गर्न दिन्छ । एडोबको २०२१ ग्लोबल ईमोजी ट्रेन्ड रिपोर्ट अनुसार ६७ प्रतिशत प्रयोगकर्ताले दैनिक सञ्चार गर्दा इमोजी प्रयोग गर्ने व्यक्ति धेरै रमाइलो र मैत्री छ भनेर बुझ्ने बताएको छ ।

विश्वव्यापी रुपमा ईमोजी प्रयोगकर्ताको ७६ प्रतिशत मान्छेले ईमोजीलाई सञ्चारमा एकता, आदर र मान्यता कायम गर्नका लागि एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

ईमोजीले विभिन्न राष्ट्र, जात, उमेर र संस्कृतिअनुसार भिन्दाभिन्दै अर्थ दिने गरेको पनि विज्ञहरुले बताएका छन् । अहिले महामारीको समयमा सिरिन्जलाई आईओएस १४.५ मा रगत निकालेको बाट सुई लगाएकोमा परिणत गरिएको छ । यसैले नै ईमोजीको महत्व झल्काउँछ । ईमोजीले आजकाल सबैलाई एकै सरह सम्मान गर्नुपर्छ भनेर सबै जात, लिगंलाई समावेश गरिएको छ ।

ईमोजीको भविष्य

ईमोजीको प्रयोग आगामी दिनमा बढ्दैनै जाने विज्ञहरु बताउँछन् तर यसलाई प्रयोग गर्ने प्रक्रियामा केही भिन्नता आउने बताएका छन् ।

भविष्यमा अरु ईमोजीहरु पनि थपेर धेरै कुरा व्यक्त हुने खालको प्रणाली बनाउने कम्पनीहरुको योजना रहेको छ । सबैले सहज रुपमा ईमोजी प्रयोग गर्ने प्रणालीको पनि विकास गरिनेछ ।

अहिले रहेको ईमोजीहरुलाई पनि अझै परिमार्जन गर्ने विज्ञहरु बताउँछन् । डिजिटल टेक्सट लामो समयसम्म प्रयोगमा रहने हुँदा ईमोजीको विकास पनि अझै हुँदै जानेछ ।