शुक्रबार, २२ श्रावण, २०७८
Friday, 06 August, 2021

अब राष्ट्रिय परिचयपत्र बोकेर गए सीम पाइने, डिजिटल केवाईसी लागु गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टुमर) लागु गर्ने भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा डिजिटल केवाईसी लागु गर्ने उल्लेख गरेको छ ।  

डिजिटल केवाईसी लागु भएपछि सीम कार्ड निकाल्न नागरिकता, फोटो बोकेर टेलिकम अफिस जानु पर्ने बाध्यताको अन्त्य हुने प्राधिकरणले जनाएको छ । 

डिजिटल केवाईसी लागु भएपछि ग्राहकलाई सीम कार्ड निकाल्न सहज हुने नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

उनले भने ‘अहिले कतिपयले अरूको नागरिकताबाट पनि सीम झिक्ने गरेका छन् । डिजिटल केवाईसी लागु भएपछि त्यो हुँदैन् ।’

डिजिटल केवाईसी लागु भएपछि आफ्नो राष्ट्रिय परिचयपत्र बोकेर टेलिकम अफिस गएमा सीम जारी हुने मिश्र बताउँछन् ।

त्यसका लागि टेलिकम क्षेत्रको केन्द्रीतकृत डिजिटल केवाईसीको डेटा प्राधिकरणमा हुनेछ । त्यो डेटा राष्ट्रिय परिचयपत्रमा जोडिने छ । राष्ट्रिय परिचयपत्रमा जोडिएपछि परिचयपत्र लिएर टेलिकमबाट सीम लिन पाइने छ । 

‘डिजिटल केवाईसी लागु भएपछि सीम निकाल्न राष्ट्रिय परिचिपत्र ल्याए पुग्छ । राष्ट्रिय परिचिपत्रसँग जानकारी हुँदै हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘फारम भर्नु परेन । राष्ट्रिय परिचयपत्र देखायो । राष्ट्रिय परिचयपत्रबाट नम्बर भरिफाइ गर्छ । ठिक छ सीम कार्ड जारी हुन्छ ।’

 

सम्बन्धित समाचार