कीवर्डहरू -

फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी

फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् ।

विजेता खातीले सामसङ्गको ५५-इन्च स्मार्ट टिभी जितेका छन् ।  ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए ।

यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस योजनामा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।

विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यो योजनामार्फत फोन लोनले ग्राहकहरु माझ कागज-रहित, धितो-रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।

पछिल्ला दिनमाफोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो ।