कीवर्डहरू -

नेपालको ठूलो पब्जी मोबाइल च्यापियनशिप सम्पन्न, ३ टिमले पाए टिभीएस स्कुटर

नेपालको ठूलो पब्जी मोबाइल च्यापियनशिप सम्पन्न, ३ टिमले पाए टिभीएस स्कुटर

नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीकोद्वारा टीभीएस एनटर्क स्क्वाड इडिसनको सहकार्यमा आयोजित ईस्पोटर्स प्रतियोगितामा देशभरबाट छानीएका कुल ६६० टोलीमध्येबाट तीन प्रतिस्पर्धि विजेता बन्न सफल भएका हुन् ।

विजेताले टीभीएस एनटर्क मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भएका छन् । जून १, २०२१ बाट शुरू भई जुलाई १६, २०२१ मा समाप्त भएको उक्त च्याम्पियनशिप प्रतियोगितामा ६६० भन्दा बढी टोलीहरू आकर्षित भएका थिए भने, फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६जना) गरी सामेल गरिएका थिए ।

टोलीहरूलाई इनभेन्सियबल रेड, कम्ब्याट ब्ल्यू र स्टेल्थ ब्ल्याक गरी तीन समूहमा विभाजन गरिएको थियो ।कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टूर्नामेन्टहरू थिए ।

टोलीहरू फरक सीप स्तरका थिए । प्रतिस्पर्धा ४५ दिनको अवधिमा सम्पन्न भएको थियो । सो कार्यक्रमका स्ट्रिमिंग च्यानलहरू टीभीएस कम्पनीको आधिकारीक फेसबुक पेज जगदम्बा मोटर्स–टीभीएस र जीजीको युटुव च्यानलबाट सार्वजनिक गरिएको थियो ।

२० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टिभिएस एनटर्क स्कूटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।

यो प्रतियोगिता जगदम्बा मोटर्स – टिभिएसले नेपाली गेमिंगको समुदायलाई सहयोग पुर्‍याउनको लागि आरम्भ गरिएको र यसले नेपलाको कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाइएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए ।