कीवर्डहरू -

जूमको भिडियो कलमा नयाँ सुविधा, अब प्लगइनहरु प्रयोग गर्न मिल्ने 

जूमको भिडियो कलमा नयाँ सुविधा,  अब प्लगइनहरु प्रयोग गर्न मिल्ने 

जूमले भिडियो कलमा तेस्रो पक्षीय एपहरु थपेको छ । अब प्रयोगकर्ताहरुले जूम प्रयोग गरिरहँदा असाना र ड्रपबक्स स्पेसेज जस्ता एपहरु प्रयोग गर्न सक्ने छन् ।

महामारी सामान्य अवस्थामा गइसकेपछि पनि एपको प्रयोग निरन्तर भइरहोस भनेर जूमले यो नयाँ फिचर ल्याएको हो ।

अहिलेको अवस्थामा ५० भन्दा बढि प्लगइन रहेका छन् । तपाईले जूमको पछिल्लो भर्सन इन्स्टल गरेपछि एपको साईड प्यानलमा डिस्कभर ट्याब आउँछ जसले  केके प्लगइन प्रयोगकर्ताका लागि रहेको छ भनेर देखाउने गर्दछ । सो प्यानललाई आफ्नै तरिकाले एक्सपाण्ड र कोल्याप्स गर्न सकिन्छ ।

असाना प्लगइनले जूममै रहेर कुनै कामलाई क्रियट, एडिट र असाइन गर्न दिन्छ । यस्तो फिचरहरुले गरेर जूम एक एप भन्दा पनि प्लेटफर्मको रुपमा चिनिन चाहेको छ । एपले नयाँ इभेन्ट हब भन्ने फिचर पनि सार्वजनिक गरेको छ ।