कीवर्डहरू -

इन्टरनेट विस्तार तीव्र, राउटर आयात ८४० प्रतिशतले वृद्धि

इन्टरनेट विस्तार तीव्र, राउटर आयात ८४० प्रतिशतले वृद्धि

कोरोना संक्रमणको पछिल्लो एक वर्षमा मुलुकमा इन्टरनेट जडान तीव्र भएको छ । लकडाउन र ‘वर्क फ्रर्म होम’ सञ्चालन भएपछि इन्टरनेट जडान तीव्र भएको हो ।

यो कुरालाई गत वर्ष आयात भएको राउटरको संख्याले पनि पुष्टि गर्छ । गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकमा राउटर आयात ८३९ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार एक वर्षमा मुलुकमा २ अर्ब १५करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ ।

त्यसअघिको वर्ष भने २२ करोड ९७ लाख ७७ हजार रुपैयाँ बराबरको राउटर राउटर आयात भएको थियो ।