कीवर्डहरू -

सीडीएमएबाट जीएसएममा जाने ग्राहकलाई टेलिकमको निःशुल्क सीम, भ्वाइस, एसएमएस र डेटा

सीडीएमएबाट जीएसएममा जाने ग्राहकलाई टेलिकमको निःशुल्क सीम, भ्वाइस, एसएमएस र डेटा

नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम फोरजी सेवामा रूपान्तरण हुने ग्राहकहरुलाई निःशुल्क सीम, भ्वाइस, डेटा र एसएमएस दिने भएको छ ।

शनिबार एक सूचना सार्वजनिक गर्दै टेलिकमले स्काईफोन सेवा प्रयोग गरिरहेका ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी आफुले प्रयोग गरिरहेको सीडीएमएको सट्टामा निःशुल्क जीएसएम फोरजी सीमकार्ड लिन अनुरोध गरेको हो ।

स्काइफोन प्रिप्रेड ग्राहकका लागि

प्रयोग गरी रहेको ९७४XXXXXXX रेञ्जको स्काईफोन प्रिप्रेड सिमकार्ड फिर्ता गरी ९७६XXXXXX  नम्बरको जीएसएम फोरजी सीमकार्ड निःशुल्क लिन सकिने छ । अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरको पछिल्ला ७ वटा अंक नयाँ जीएसएम नम्बरमा आउनेछ ।

यसरी लिइएको जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस, ४ जीबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।

निःशुल्क कल मिनेट र एसएमएस नेपाल टेलिकमको नेटवर्कभित्र प्रयोग गर्न सकिने छ । पुरानो सीडीएमए नम्बरमा भएको ब्यालेन्स र भ्यालिडिटी नयाँ नम्बरमा स्वत ट्रान्सफर हुनेछ ।

स्काईफोन पोष्टपेड ग्राहकका लागि

प्रयोग गरी रहेको ९७५XXXXXXX रेञ्जको स्काईफोन प्रिप्रेड सिमकार्ड फिर्ता गरी ९८५१३XXXXXX  नम्बरको जीएसएम फोरजी सीमकार्ड निःशुल्क लिन सकिने छ ।

अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरको पछिल्ला ५ वटा अंक नयाँ जीएसएम नम्बरमा आउनेछ । यसरी लिइएको जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक ४०० मिनेट कल, २०० वटा एसएमएस, अन्य नेटवर्कमा मासिक ५० मिनेट कल तथा ६ जीबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नयाँ नम्बरमा २०७८ पुस महिनासम्म मासिक न्युनतम महशुल लाग्ने छैन् । पुरानो सीडीएमए नम्बरमा भएको बिल, डिपोजिट र एडभान्स नयाँ नम्बरमा स्वत ट्रान्सफर हुनेछ ।

\"\"