कीवर्डहरू -

मोबाइल टच स्क्रिनले काम गरेन ? यि हुन् आफै समाधान गर्न सकिने उपाय

मोबाइल टच स्क्रिनले काम गरेन ? यि हुन् आफै समाधान गर्न सकिने उपाय

टच स्क्रिनको सुविधाले स्मार्टफोन वा विन्डोज प्रयोगमा धेरै सहयोग र सजिलो बनाएको छ । टच स्क्रिनले मोबाइल अन्य डिभाइस प्रयोगमा जति सजिलो बनाएको छ, त्यत्तिनै समस्या आउने सम्भावना पनि छ ।

स्मार्ट मोबाइल वा विन्डोजमा बेलाबेलामा टच स्क्रिन नचलेर हैरान पार्छ । तर, केही विधिहरु अपनाउने हो भने हामीले घर मै सजिलो तरिकाबाट नचल्ने समस्या समाधान गर्न सक्छौं ।
यहाँ हामीले टच स्क्रिनले काम गरेन भने कसरी समस्या समाधान गर्ने भनेर केही सजिलो विधिहरुको बारेमा चर्चा गर्न लागेका छौं ।

पहिलो चरणको उपाय

१. मोबाइल रिस्टार्ट गर्ने

मोबाइलमा कुनै पनि समस्या आएमा यसलाई रिस्टार्ट गर्दा त्यो समस्या समाधान हुन सक्छ । यदि कुनै एपले काम गरेन, सिमले काम गरेन वा अन्य कुनै समस्या भएमा मोबाइल रिस्टार्ट गर्दा यो समस्या समाधान हुन सक्छ ।

त्यस्तै, टच स्क्रिनमा समस्या आएमा पनि मोबाइल रिस्टार्ट गर्दा पुनः काम गर्न सक्छ ।

२. टच स्क्रिन र स्क्रिन प्रोटेक्टरलाई सफा गर्ने

कहिलेकाही टच स्क्रिन फोहोर भएर वा केही वस्तु टाँसिएको भएमा पनि यसले राम्रोसँग काम नगर्न सक्छ । कहिलेकाही आफ्नो औंलामा रहेको चिल्लो वा फोहरले पनि टच स्क्रिन नचलेको हुनसक्छ । यसो भएमा निम्न उपाय अपनाउनु पर्छ ।

–    आफ्नो हात राम्रोसँग सफा गर्ने । टच स्क्रिनलाई नरम कपडाले पुछ्ने । कपडा सुक्का र चिसो पनि प्रयोग गर्न सकिन्छ तर साबुन लागेको कपडा कहिल्यै पनि प्रयोग गर्नु हुदैन ।

–    मोबाइलको स्क्रिन सुरक्षित राख्न प्रयोग गरिएको स्क्रिन प्रोटेक्टरलाई हटाउने । स्क्रिन प्रोटेक्टर तल फोहर पसेको, पानी छिरेको हुनसक्छ । यसले गर्दा पनि टच स्क्रिनले काम नगरेको हुनसक्छ ।

–    स्क्रिन प्रोटेक्टर हटाएपछि स्क्रिनलाई पुनः सफा गर्नुपर्छ । लामो समय स्क्रिन प्रोटेक्टर लगाएको छ भने त्यसले पनि स्क्रिनमा फोहर बनाएको हुनसक्छ ।

दोस्रो चरणको उपाय

यदि तपाईंको मोबाइल खसेको छ वा भिजेको कारण टच स्क्रिन चलेको छैन भने यसको समाधान गर्न केही गाह्रो हुन्छ । सावधान भएर गर्ने हो भने यसको विधि सजिलो छ तर यदि तपाईंलाई फोन सुक्का बनाउने विधि गाह्रो लाग्छ भने रिपियर सेन्टर मै लैजानु राम्रो हो ।

फोन खसेर वा पानीमा भिजेर वा अन्य कारण टच स्क्रिन नचल्ने भएको छ भने कसरी साधान गर्ने भनेर चर्चा गर्दै छौं ।

१. फोनलाई सुक्का बनाउने

यदि तपाईंको मोबाइल भिजेको छ भने टच स्क्रिनले राम्रोसँग काम नगर्न सक्छ । भिजेको कारणले त्यस्तो समस्या भएको छ भने आफ्नो फोनलाई सुक्का बनाउनु पर्छ । सेटको सुरक्षाको लागि प्रयोग गरिएको प्रोटेक्टर हटाएर सफा गर्ने, व्याट्री झिकेर सफा गर्ने लगायतका तरिकाबाट सुक्का बनाउन सकिन्छ ।

२. फोनको प्रत्येक कुनामा विस्तारै थिच्ने

जब फोन भुईमा खस्छ यसको भित्री कनेक्सनमा केही ढिला हुन सक्छ । यस्तो अवस्थामा फोनको प्रत्येक कुनामा विस्तारै थिच्ने गर्दा टच स्क्रिन पुनः चल्ने हुनसक्छ।

३. सिम कार्ड, मेमोरी कार्ड र पेरिफेरल्स झिक्ने

सिम कार्ड, मेमोरी कार्ड वा युएसबी जस्ता डिभाइसमा समस्या हुँदा कहिलेकाँही मोबाइल वा विन्डोज डिभाइसको टच स्क्रिनमा समस्या हनुसक्छ ।

सिम कार्ड, मेमोरी कार्डा वा पेरिफेरल्स हटाउँदा भने विशेष ध्यान पुर्याउनु पर्छ ।

४. यति गर्दा पनि टच स्क्रिनले काम गरेन भने एड्भान्स समाधानको उपाय गर्नुपर्छ ।

एड्भान्स उपाय

तपाईंको मोबाइल वा विन्डोजको टच स्क्रिनले काम नगर्नुमा विभिन्न कारण हुनसक्छन् । यसमध्ये तपाईंले डाउनलोड गरेको फाइलको कारणले हुनसक्छ । यस्ता विभिन्न कारणले टच स्क्रिन नचलेको हो भने समाधानका एड्भान्स तरिका निम्न छन।

१. सेफ मोडमा राख्ने

तपाईंले डाउनलोड गरेको एपका कारण पनि कहिलेकाही टच स्क्रिनले काम नगरेको हुनसक्छ । त्यसको लागि डिभाइसलाई सेफ मोडमा राख्ने एउटा उपाय हो ।

यदि तपाईंले सेफ मोड स्टार्ट गरेपछि टच स्क्रिनले काम गर्यो भने तपाईंले डाउनलोड गरेको एप वा प्रोग्रामले गर्दा समस्या भएको छ भन्ने बुझ्नु पर्छ । यसको लागि तपाईंले पछिल्लो पटक डाउनलोड गरेको एप वा प्रोग्राम के हो त्यो थाहा पाउनु पर्छ ।

२. डिभाइसलाई क्यालिब्रेसन टुल्स प्रयोग गर्ने वा सेन्सेटिभ सेटिङ गर्ने
विन्डोज टच स्क्रिन क्यालिब्रेसन टुल्सले टच स्क्रिनको समस्या समाधान हुनसक्छ ।

३. यदि यि एड्भान्स उपाय अपनाउँदा पनि टच स्क्रिनले काम गरेन भने ड्राइभर अपडेट गर्ने र टच स्क्रिन रिस्टलको तिर लाग्नुपर्छ ।

टच स्क्रिन ड्राइभरलाई अपडेट वा रिस्टल गर्ने

यदि तपाईंको विन्डोज टच स्क्रिनले काम गरेन भने यसको ड्राइभरको अपडेट गर्दा समस्या समाधान हुनसक्छ । ड्राइभरलाई इनएबल गर्ने र रिस्टल गर्दा समस्या समाधान हुनसक्छ ।
यसो गर्दा किबोर्ड र माउस वा टचप्याडलाई डिभाइसमा जोड्नु पर्छ ।

१. टच स्क्रिन ड्राइभरलाई अपडेट गर्ने

२. विन्डोज टच स्क्रिन ड्राइभरलाई डिसएवल र रिइनएबल गर्ने

३. टच स्क्रिन ड्राइभरलाई अनस्टल र रिस्टल गर्ने

४. यदि गर्दा पनि तपाईंको डिभाइसको टच स्क्रिनले काम गरेन भने रिपियर सेन्टरमा लैजान आवश्यक छ ।