कीवर्डहरू -

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलबाट डिआरएस गेमिङले जित्यो ७७ लाख पुरस्कार

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलबाट डिआरएस गेमिङले जित्यो ७७ लाख पुरस्कार

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख बढी रूपैयाँ पुरस्कार जितेको छ ।

पब्जी वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ६५ हजार ५०० सय अमेरिकी डलर (अर्थात आजको विनिमय दर अनुसार ७७ लाख बढी रूपैयाँ) हात पारेका हुन् ।

गत जुलाई २२ देखि २५ सम्म पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ प्रतियोगिता आयोजना भएको थियो । पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनलमा सहभागी भएका १६ टिममध्ये १४४ टोटल पोइन्ट बनाउँदै डिआरएस गेमिङले ८ औं स्थान बनाएको थियो ।

डिआरएसले यस प्रतियोगिताबाट जितेको रकम दान दिने जनाएको छ । पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितमा पहिलो स्थान भाल्डस इस्पोर्ट्सले पहिलो स्थानमा बनाएको थियो । पब्जीको यो प्रतियोगिताको पुरस्कार राशी ३ मिलियन अमेरिकी डलर रहेको थियो ।