कीवर्डहरू -

नेपाली बजारमा वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन, खरिद गर्नेलाई टाइप सी इयरफोन निःशुल्क 

नेपाली बजारमा वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन, खरिद गर्नेलाई टाइप सी इयरफोन निःशुल्क 

वानप्लस नोर्ड २ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । क्यामेरा, पर्फर्मेन्स, चार्जिङ डिजाइन अपग्रेड गर्दै कम्पनीले यो फोन केही समय अगाडि सार्वजनिक गरेपनि नेपालमा भने भर्खर आएको हो ।

फोनमा ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरा राखिएको छ । वानप्लस नोर्ड २ मा मिडियाटेकको डायमेन्सिटी १२०० एआई प्रोसेसर प्रयोग गरिएको छ ।

अक्सिजन ओएस ११.३ उपलब्ध भएको फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसको फ्रन्ट क्यामेराले एक समयमा ५ अनुहारसम्म फेस डिटेक्ट गर्न सक्छ ।

यसमा ४५०० एमएएचको डुअल सेल ब्याट्री राखिएको छ । जसले ६५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसले ३५ मिनेट भन्दा कम समयमा फुल चार्ज गर्ने कम्पनी दावी छ ।

६.४३ इन्च फ्ल्युड एमोलेड डिस्प्ले भएको नोर्ड २ मा ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा २ वर्षसम्म एन्ड्रोइड अपडेट र ३ वर्षसम्म सेक्युरिटी अपडेट आउनेछ ।

वानप्लस नोर्ड २ फाइभजी मंगलबारदेखि दराज र रिटेल स्टोरमा उपलब्ध हुनेछ । ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ५९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

त्यस्तै १२ जीबी र २५६ जीबी स्टोरेज भएको नोर्ड २ को मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ । यी दुबै भेरियन्टमा १ वर्षको स्क्रीन ब्रेकेज इन्स्योरेन्स सुविधा रहेको छ । साथै आगामी जुलाई ३१ सम्म यो फोन खरिद गर्ने ग्राहकले टाइप सी इयरफोन निःशुल्क पाउने छन् ।