कीवर्डहरू -

परम्परागत शिक्षालाई डिजिटल बनाउने अभियानमा निमा एकेडेमी

परम्परागत शिक्षालाई डिजिटल बनाउने अभियानमा निमा एकेडेमी

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल कलेज बन्द हुँदा अनलाइनबाटै विद्यार्थीहरु पढिरहेका छन् । महामारीले डिजिटल शिक्षाको महत्व देखाएको छ ।

कोरोना महामारी अगाडिसम्म अनलाइन शिक्षालाई त्यति महत्व नदिएपनि महामारी पछि भने महत्व दिन थालिएको छ । तर गाउँ गाउँमा कनेक्टिभिटीको समस्या हुँदा अझै पनि अनलाइन कक्षामा केही समस्या देखा परेका छन् ।

तर पनि कोरोना महामारीले डिजिटल शिक्षालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा पनि डिजिटल शिक्षाको खाँचो देखेर सन् २०१८ मा निमा एकेडेमी एजुकेसन फाउन्डेसनले डिजिटल लर्निङ प्लेटफर्म निमा एकेडेमी शुरू गरेको थियो ।

पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसार निमा एकेडेमीमा कक्षा १ देखि १० सम्मका कोर्सहरु राखिएको छ ।नीमा एकेडेमी वेबसाइट र एपबाट प्रयोग गर्न सकिन्छ ।

यसबाट इन्टरनेट भएको बेला एपका कन्टेन्टहरू डाउनलोड गरेर अफलाइनमा पनि पढ्न सकिन्छ । अडियो तथा भिडियो दुबै माध्यमबाट कोर्ष डिजाइन भएकाले विद्यार्थीहरुलाई बुझ्न सहज हुने कम्पनीका सिओओ नेहा जोशीले बताइन ।

पछिल्लो समय कोभिड १९ र लकडाउनको कारण डिजिटल लर्निङ मुख्य आवश्यक्ता बनिरहेको हुदा, त्यो ग्यापलाई निमा एकेडेमीले पुरा गर्ने जोशीको भनाइ छ ।

निमा एकेडेमीले परम्परागत शिक्षा प्रणालीमा सुधारको क्षेत्रहरू पहिचान गरेर समाधान ल्याउने प्रयास गरिरहेको छ । प्रभावकारी रणनीतिहरूको योजना बनाएर प्रत्येक विद्यालयलाई शिक्षण सामग्री प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

निमा एकेडेमीले पुस्तक नपुगेका वा नभएका विद्यालयहरुमा समेत पुणर् रुपमा अभ्ययन गर्न सघाउनेछ । पछिल्ला नयाँ प्रविधिहरु समेत प्रयोग गरेर विद्यार्थी, अभिभावक र शिक्षकलाई समेत निमा एकेडेमीले उपयुक्त विकल्प दिएको छ ।