कीवर्डहरू -

अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर

अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर

ट्वीटरले अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गर्ने फिचरको जाँच गरिरहेको छ । त्यस्तै कुनै नीति नमानेर अकाउन्टलाई रिड अनली मोडमा राखिदिएको अवस्थामा पनि यो फिचरको कारणले सूचना आउनेछ ।

नोटिसेज भन्ने फिचरले फिडको माथि ब्यानर जस्तोमा अकाउन्ट पूर्ण रुपले सक्रिय छैन् भनेर सूचित गराउने गर्दछ । ट्वीटरले एकदमै कम प्रतिशत आईओएस, एन्ड्रोइड र वेब प्रयोगकर्ताको माथि यो फिचरको जाँच गरिरहेको छ ।

आफ्नो अकाउन्ट सस्पेन्ड, लक वा रिड अनली मोडमा रहेको भनेर धेरै प्रयोगकर्ताले थाहा नभएको गुनासो राखेपछि ट्वीटरले यो फिचरको जाँच गर्न थालेको हो ।

तपाईको अकाउन्ट सस्पेन्ड वा लक भएमा नोटिसेजले प्रययोगकर्तालाई गाईड पनि गरिदिन्छ । लक अकाउन्टहरुले एक हप्ता भित्रमा पुरा पहुँच पुनः पाउने गर्दछन् ।