कीवर्डहरू -

एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने

एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने

एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गरेकाले आईफोन र एप्पल प्रडक्टहरु आगामी महिना देखि दक्षिण कोरियाका एलजी स्टोरहरुमा बेच्ने भएको छ ।

एलजी र एप्पलले सन् २०१८ मा आआफ्नो स्टोरमा मात्रै आफ्नो प्रडक्ट बेच्ने सम्झौता गरेका थिए तर अब एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गरेकाले आईफोन पनि आफ्नो स्टोरबाट बेच्ने भएको हो ।

एप्पलको मात्रै नभएर एलजीले बिस्तारै अरु कम्पनीहरुको फोन पनि आफ्नो स्टोरहरुमा बेच्नेछ । एलजीको दक्षिण कोरियामा ४०० ओटा स्टोर रहेका छन् जसले गर्दा एप्पलको विक्रिमा वृद्धि हुन् सक्छ ।

एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गर्ने भनेदेखिनै एप्पलले आफ्नो प्रडक्ट विक्रि गर्नका निम्ति कम्पनीसँग पहल गरिरहेको थियो । दुवै सामसङ र एप्पलले आफ्नो प्रडक्ट विक्रिका लागि एलजीलाई १ लाख ५० हजार वन अफर गरिरहेका छन् ।