कीवर्डहरू -

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप नियुक्त भएको छ । नेपालका लागि शंकर ग्रुप रियलमीको आधिकारिक बिक्रता बनेको हो ।

यससँगै रियलमीले नेपालमा उत्कृष्ट श्रेणीका उत्पादनहरु ल्याउने घोषणा गरेको छ । कार्यक्रममा बोल्दै रियलमीका उपाध्यक्ष माधव शेठले रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम भएको बताए ।

‘रियलमीले भारतमा ठूलो सफलता पाएको छ । नेपाली बजारमा पनि उल्लेखनिय सफलता प्राप्त गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘नेपालमा नविनतम प्रविधिका उत्पादनहरु उत्कृष्ट मूल्यका साथ उपलब्ध गराउने छौं ।’

\"\"

सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट २ मा पुर्‍याउने लक्षय लिएको पनि शेठले बताए ।उनी रियलमी भारत तथा यूरोपका सीईओ समेत हुन् ।

घोषणा कार्यक्रममा शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले रियलमीसँग साझेदारी गर्न पाउँदा गौरव अनुभूति गरिरहेको बताए ।

उनले भने, ‘नेपाली बजारका लागि रियलमीका बिक्रेताका हिसाबले हामी नेपाली उपभोक्तामाझ नवीनतम प्रविधिका उत्पादनहरु मितव्ययी मूल्यमा ल्याउन सक्ने अपेक्षा लिएको छु ।’