कीवर्डहरू -

एक वर्षमा रियलमीलाई नेपालको प्रमुख तीन स्मार्टफोनमा पुर्याउँर्छौं– साहिल अग्रवाल 

एक वर्षमा रियलमीलाई नेपालको प्रमुख तीन स्मार्टफोनमा पुर्याउँर्छौं– साहिल अग्रवाल 

चिनिया मोबाइल ब्राड रियलमीको आधिकारिक बिक्रैताका रुपमा शंकर ग्रुप आएसँगै एक वर्षभित्र नेपालको प्रमुख तीन स्मार्टफोनका रुपमा स्थापित गर्ने घोषणा गरेको छ । आइतबार नेपालको आधिकारिक बिक्रैताको रुपमा शंकर ग्रुप भएको घोषणा गर्दै एक वर्षभित्रमा यहाँको प्रमुख तीन मोबाइल कम्पनीभित्र पर्ने गरी रणनीति बनाएको जनाएको छ ।

कार्यक्रममा बोल्दै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठ र शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले वर्षदिनमा नेपाली बजारको प्रमुख तीन स्मार्टफोनका रुपमा चिनाउने घोषणा गरे ।

‘हामीले नेपाली बजारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएका छौं,’ आधिकारिक बिक्रेता घोषणा गर्ने कार्यक्रममा बोल्दै शेठले भने, ‘एक वर्षभित्रमा नेपालको प्रमुख तीन मोबाइल भित्र पर्ने हाम्रो योजना छ ।’

रियलमीले डिजाइन र मूल्यलाई ध्यानमा राखेर मोबाइल उत्पादन गरिहरेको भन्दै पछिल्लो वर्षमा विश्वमै रियलमीको बजार विस्तार तीव्र भएको बताए । उनले नेपालमा मोबाइल मात्र नभएर ल्यापटप र अन्य उपकरण पनि ल्याउने बताए ।

भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३  प्रतिशत रहेको बताए । काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र ५ करोड भन्दा बढी उपभोक्तका साथ तिव्र गतिमा यसको माग भएको देखिन्छ ।

नेपालमा शंकर ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र यस ग्रुपले रियलमीलाई नेपालको उत्कृष्ट कम्पनी बनाउनेमा आफू विश्वस्त भएको बताए । \"\"

कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले मुलुकको स्मार्टफोन बजारमा रियलमीलाई उत्कृष्ट स्मार्टफोन बनाउने बताए । ‘हामीले नेपाली बजारमा उत्कृष्ट उत्पादनहरु दिनेछौं,’ उनले भने, ‘यो वर्षको अन्त्यसम्म टप ३ स्मार्टफोनमा पुग्नेछौं ।’ स्मार्टफोनसहित ल्यापटप र अन्य उत्पादन पनि नेपाली बजारमा ल्याउने उनले घोषणा गरे ।

रियलमीसँग यात्रामा सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै यस सम्बन्धलाई आगामी वर्षहरुमा थप सुदृढ बनाउँदै जाने बताए । यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नवीनतम उत्पादन  उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वकांक्षालाई विकास गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।

काउन्टरपोइन्टको अध्ययनअनुसार स्मार्टफोनको विश्व बजारमा, यस वर्ष रियलमीको विक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको विक्री १७ प्रतिशतले बढको छ । जस अनुसार कुल १० करोड भन्दा बढी विक्री भएको छ ।