कीवर्डहरू -

ट्विटरले एल्गोरिदम बायस पत्ता लगाउन ल्यायो बग बाउन्टी प्रतियोगिता, विजेतालाई ४ लाख पुरस्कार

ट्विटरले एल्गोरिदम बायस पत्ता लगाउन ल्यायो बग बाउन्टी प्रतियोगिता, विजेतालाई ४ लाख पुरस्कार

ट्वीटरले एल्गोरिदम बायस पत्ता लगाउनका निम्ति बग बाउन्टी प्रतियोगिता सार्वजनिक गरेको छ । ट्वीटरले इमेज क्रपिङ अल्गोरिदममा अहिलेसम्म नभेट्याएिको बायस पत्ता लगाएमा पुरस्कृत गर्नेछ ।

अप्रिल देखिनै ट्वीटरले इमेज क्रपिङ अल्गोरिदमलाई अझै शक्तिशाली बनाउन खोजिरहेको छ । यो एल्गोरिदमलाई ट्वीटरले सन् २०१८ देखि प्रयोग गर्दै आएको छ । यो एल्गोरिदमलले इमेजको प्रिभ्यूको रमाइलो पक्षहरु केके हो भनेर हेर्ने गर्दछ ।

यो एल्गोरिदमलाई मान्छेहरुले सेतो वर्णलाई मात्रै प्राथमिकता दिईरहेको भनेर आलोचना पनि गरेका थिए । यस्तै समस्याहरुलाई समाधाान गर्न ट्वीटरले आफ्नो कोड सार्वजनिक गरेको छ ।

यो कम्पनीको पहिलो एल्गोरिदम बायस बग बाउन्टी प्रतियोगिता हो । ट्वीटरले विजेतालाई ३५०० डलर अर्थात ४ लाख १३ हजार नेपाली रूपैयाँ पुरस्कार दिने बताएको छ ।

कम्पनीले एक्लै यस्तो समस्या ठिक गर्न नसक्ने हुँदा यस्तो प्रतियोगिता ल्याएको बताएको छ । यो प्रतियोगिताको विजेता अगस्त ८ मा ट्वीटरले होस्ट गरेको डेफ कन एआई भिलेज वर्कशपमा घोषणा गरिनेछ ।