कीवर्डहरू -

रियलमी बन्यो विश्वकै छिटो दश करोड स्मार्टफोन विक्री गर्ने ब्राण्ड 

रियलमी बन्यो विश्वकै छिटो दश करोड स्मार्टफोन विक्री गर्ने ब्राण्ड 

रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल रहेको छ । २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको छ भने स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियमली भएको देखाएको छ ।

२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तराष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ ।

फाइभजी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको छ । ३ वर्ष अघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौँथौँ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोन भित्र रहेको छ ।