कीवर्डहरू -

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैलाउन पैसा दिएको फेबुकले पत्ता लगाएको छ ।

फेसबुकले कोरोनाको खोप बारे  गलत जानकारी फैलाउने अभियानमा लागेका २४३ इन्स्टाग्राम अकाउन्ट र ६५ ओटा फेसबुक अकाउन्टहरुलाई पनि हटाएको छ । यो नेटवर्क रुसबाट सुरु भएको पाइएको छ तर यो बेलायतमा दर्ता गरिएको कम्पनी फाज्जबाट सुरु भएको फेसबुकले जनाएको छ ।

यी अकाउन्टहरुले विशेषगरी भारत र ल्याटिन अमेरिकालाई लक्षित गरेका छन् भने केही हदसम्म अमेरिकालाई पनि लक्षित गरेको पाइएको छ । यस अभियानलाई दुई भागमा सञ्चालन गरिएको थियो ।

पहिले सन् २०२० को नोभेम्बर र डिसेम्बरमा यो नेटवर्कले एस्ट्राजेनेको कोभिड खोप लगाएपछि मान्छे बाँदर बन्ने भनेर मिम सेयर गरेका थिए ।

पाँच महिना पछि मे २०२१ म नेटवर्कले पिफाइजर कतिको सुरक्षित छ भनेर प्रश्न उठाएका थिए र पिफाइजरले एस्ट्राजेनेको डकुमेन्ट ह्याक र लिक गरिदिएको भनेर पनि दोष लगाएका थिए ।

यी पोस्टहरुभन्दा पनि इन्फ्ल्युएन्सरहरुले पनि खोपका बारेमा नराम्रो कुरा भन्न थालेपछि त्यसले अरु प्रयोगकर्ताहरुको ध्यानाकर्षण गराएको थियो । यही कुरालाई नियन्त्रण गर्ने काममा फेसबुकले काम गरिरहेको छ ।