कीवर्डहरू -

ह्वाट्सएपमा स्टोरेज स्पेस र डेटा जोगाउन के गर्ने ? 

ह्वाट्सएपमा स्टोरेज स्पेस र डेटा जोगाउन के गर्ने ? 

ह्वाट्सएपमा थुपै्र मिडिया कन्ट्रोलहरु हुन्छ जसले प्रयोगकर्ताहरुलाई एपमा फोटो, भिडियो तथा अरु मल्टिमिडिया कन्टेन्टलाई कसरी सञ्चालन गर्ने भनेर निर्धारण गर्न दिन्छ । यो एपमा मिडिया कन्टेन्टहरुको अटो डाउनलोड अप्सनलाई अफ गर्न दिन्छ । साधारणतय ह्वाट्सएपमा मिडिया कन्टेन्टहरु आफै डाउनलोड गर्न दिन्छ जसले धेरै स्पेस लिने गर्दछ ।

अर्काे ह्वाट्सएपमा मिडिया भिजिबिलिटी भन्ने अप्सन हुन्छ जसलाई अफ गरेमा नयाँ डाउनलोड गरिएको कन्टेन्टलाई ग्यालेरीबाट हटाउन दिन्छ । यसको लागि ह्वाट्सएपको पछिल्लो भर्सन चाहिने गर्दछ ।

अटोडाउनलोड अफ गर्नका लागि :

ह्वाट्सएप खोलेर सेटिङ्गमा जानुपर्छ र माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला वाला आइकनमा थिच्नुपर्छ । त्यसपछि स्टोरेज एण्ड डेटा भन्ने अप्सनमा थिचेर मिडिया अटो डाउनलोड सेक्सनमा जानुपर्छ । त्यसपछि मोबाइल डेटा, वाईफाई र रोमिङ प्रयोग गर्ने प्रयोगकर्ताले सबै बक्सको टिक लगाएको लाई अनचेक गर्नुपर्छ ।

मिडिया भिजिबिलिटी अप्सनलाई सबै च्याटका लागि कसरी अफ गर्ने ?

मिडिया भिजिबिलिटी अप्सनलाई अफ गर्नका लागि सेटिङ्गमा गएर च्याटमा गएर मिडिया भिजिबिलिटी अप्सनमा गएर टर्न अफ गर्न सकिन्छ ।

मिडिया भिजिबिलिटी अप्सनलाई कुनै एउटा च्याटका लागि कसरी अफ गर्ने ?

सर्वप्रथम मिडिया भिजिबिलिटी अफ गर्नुपर्ने च्याट खोल्नुपर्छ र च्याट नाममा थिचेर मिडिया भिजिबिलिटी अप्सनमा गएर टर्न अफ गर्न सकिन्छ ।