कीवर्डहरू -

डिजिटल नेपालप्रति नयाँ पुस्ताको बुझाई प्रशंसायोग्य छ

डिजिटल नेपालप्रति नयाँ पुस्ताको बुझाई प्रशंसायोग्य छ

आज हामी डिजिटल नेपालको कुरा गर्दै छौं । ‘माइ डिजिटल नेपाल माइ इम्याजिनेसन’ कति राम्रो स्लोगन छ । एउटा सोच्न सक्ने, एउटा क्रियसन गर्न सक्ने, भविष्यमा एउटा इनोभेसन गर्न सक्ने उमेर समूहका छात्र छात्रालाई राखेर जुन परिकल्पना गर्नुभयो ।

त्यो परिकल्पनालाई भोलि मूर्तरूप दिनका लागि पनि तपाई हामीले एउटा चाहिं काम गर्नुपर्ने हुन सक्छ । वास्तवमा मलाई के लाग्यो भने हाम्रो छात्रछात्राहरूले धेरै कुरा बुझ्नु भएको रहेछ । अहिलेको डिजिटल युगमा उहाँहरूको बुझाइ, गहिराई हेर्दा मलाई अत्यन्त खुसी लाग्यो ।

नेपाल सरकारले गर्नुपर्ने कार्यक्रम निजी क्षेत्रको सहकार्यमा यति राम्रोसँग भएको छ । विद्यालयमा पढ्ने १९ वर्षभन्दा मुनिका बालबालिका छात्र छात्राहरूलाई समेटेर जुन कार्यक्रम गर्नुभएको छ, त्यसका लागि आयोजक संस्था, प्रायोजक संस्थाका प्रतिनिधिहरू प्रति आभार व्यक्त गर्न चाहन्छु ।

डिजिटल कनेक्टिभिटी, इ-कमर्श, इ-गभर्नेन्सका कुराहरू हामीले गरिरहेका छौं । भाइबहिनीहरूका निवन्ध, कविता, डिजिटल भिडियो प्रस्तुती हेर्दा उहाँहरूको बुझाइको स्तर, ज्ञानको स्तर साच्चै प्रशंसा योग्य मैले देखें ।

नेपाल सरकार मन्त्रीपरिषदले डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरिसकेको छ । यसमा ८ वटा थेम्याटिक क्षेत्रहरू छन् । त्यसमा हामीले डिजिटल नेपालको पहुँच बढाउनु पर्नेछ । ती क्षेत्रहरूमा लगानी गरेर उत्पादकत्व बढाउनु पर्नेछ । ती कामका लागि हामीले गरेका पहलहरू ८० वटा छन् ।

यो कार्यक्रममा म सहभागी हुन पाउँदा केही जान्ने, केही सुन्ने, यहाँहरू सँग सहकार्य गर्ने मौका पाए । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको नाताले केही सन्देश लिएर जानेछु । यहाँहरूसँग सहकार्य हुनेछ । भोलिका दिनमा यस्ता कार्यक्रमहरूमा नेपाल सरकारले हातेमालो गर्नेछ ।

अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पक्कै पनि यहाँहरूसँग यहाँहरू जस्तो प्रोफेसनल संस्थासँग बसेर सहकार्य गर्नेछौं ।

आगामी दिनमा अझ डिजिटल नेपालको उपयोगितालाई हामीले अगाडि बढाउँदै यसको सार्थकताका लागि काम गर्नेछौं । आज पुरस्कृत हुने सम्पूर्ण छात्रछात्रा भाइबहिनीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।

भिडियो

(गत शुक्रबार सोल्टी होटेलमा आयोजना भएको मेरो डिजिटल नेपाल मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनालेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले व्यक्त गरेको विचारको सम्पादित अंश)