कीवर्डहरू -

युट्युब प्रिमियमका सदस्यले तीन महिना निः शुल्क स्टाडिया प्रो प्रयोग गर्न पाउने

युट्युब प्रिमियमका सदस्यले तीन महिना निः शुल्क स्टाडिया प्रो प्रयोग गर्न पाउने

युट्युब प्रिमियमका सदस्यले तीन महिना निः शुल्क स्टाडिया प्रो प्रयोग गर्न पाउने भएका छन् । गूगलले स्टाडिया प्रोको विज्ञापन गर्ने स्वरुप यो फिचर ल्याएको हो । तपाईलाई यो नयाँ क्लाउड गेमिङ कस्तो लाग्छ भनेर तीन महिने ट्रायल प्रदान गरिएको हो ।

अहिलेका लागि यो फिचर अमेरिका, क्यानेडा, फ्रान्स, जर्मनी, हङ्गारी, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, स्पेन, सुडेन, स्वीजरल्याण्ड र बेलायतका लागि उपलब्ध रहेको छ । विस्तारै यो अरु देशमा पनि उपलब्ध हुन सक्छ ।

यो अफरलाई प्रयोगकर्ताले जानवरी ३१, २०२२ सम्म दावी गर्न सक्नेछन् । पहिले देखिनै युट्युब प्रिमियमका सदस्य रहिरहेको प्रयोगकर्ताहरुका लागि पनि यो अफर रहेको छ ।

स्टाडिया प्रोका सब्सक्राइबरले हरेक महिना विभिन्न निःशुल्क टाइटलहरु प्राप्त गर्न सक्छन् । गेम र कन्टेन्टहरु डाउनलोड गर्दा पनि कम्पनीले छुट दिने गर्दछ ।