कीवर्डहरू -

कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएसबाट तिर्न सक्ने भएका छन् । बुधबार एक कार्यक्रमका बीच अनलाइन भुक्तानी सेवाको थालनी गरिएको हो ।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै कनेक्ट आईपीएस प्रयोग गरी प्रिमियम तिर्न सक्ने छन् ।

उक्त भुक्तानीको लागि ग्राहकले कनेक्ट आईपीएसमा लगइन गरी आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको फाइनान्सियल इन्स्टिच्यूसन भित्र इन्स्योरेन्स पेमेन्टमा राष्ट्रिय बीमा संस्थान छनोट गर्नुपर्ने हुन्छ ।

त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरिबीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमितको जन्म मिति दाखिला गरी आफ्नो ट्रान्जेक्सन पासवर्ड (ओटीपी) प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन् ।

हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अनलाइन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरू बैंक खाताहरूबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ ।