कीवर्डहरू -

कोरोना भाइरस र खोपको गलत जानकारी दिने ३ हजार अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

कोरोना भाइरस र खोपको गलत जानकारी दिने ३ हजार अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

फेसबुकले ३ हजार अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । कोभिड र खोपको गलत जानकारी दिएको भन्दै फसेबुकले ३ हजार अकाउन्टलाई प्रतिबन्ध लगाएको हो ।

महामारीको सुरुवात देखि नै फेसबुकले पटक पटक गलत जानकारी  दिने अकाउन्ट, ग्रुप र पेजलाई प्रतिबन्ध गर्दै आएको छ । फेसबुकले कम्युनिटी स्टायाणडर्ड इन्फोरर्समेन्ट रिपोर्ट अन्तरगत यो तथ्याकं सार्वजनिक गरेको हो ।

अहिलेसम्म कम्पनीले २० मिलियन भन्दा बढी कन्टेन्ट हटाईसकेको छ । त्यसैगरी १९० मिलियन कन्टेन्टमा फेसबुकले चेतावनी पनि दिएको छ । कोभिडको खोपले चुम्बकीय शक्ति पैदा गर्ने जस्तो अफवाहलाई फेसबुकले डिलिट गर्दै आएको छ ।

त्यस्तै ६४ ओटा अरु यस्तो गलत जानकारीहरुलाई मापन गरेर फेसबुकले पोस्टहरु डिलिट गरेको छ । यस्तो पोस्टहरु समयमै डिलिट भएकाले अमेरिकामा खोप लगाउन नमान्नेको दर ५० प्रतिशतले कम भएको कम्पनीले बताएको छ ।