कीवर्डहरू -

अफगानिस्तानका अकाउन्टहरुबाट प्रयोगकर्ताको निजी जानकारी हटाउँदै क्लबहाउस

अफगानिस्तानका अकाउन्टहरुबाट प्रयोगकर्ताको निजी जानकारी हटाउँदै क्लबहाउस

क्लबहाउसले अफगानिस्तानको अकाउन्टहरुबाट प्रयोगकर्ताको सुरक्षाका लागि निजी जानकारी हटाएको छ । केही दिन अघि मात्रै फेसबुकले पनि अफगानिस्तानको प्रयोगकर्ताहरुलाई अकाउन्ट लक गर्न दिने सुविधा ल्याएको थियो । क्लबहाउसले ट्वीटर मार्फत यो कुराको जानकारी दिएको छ ।

कम्पनीले प्रयोगकर्ताहरुको गोपनीयताको सेटिङ्गमा परिवर्तन ल्याएको छ । यो परिवर्तन विशेषगरी एपमा खासै सक्रिय नरहेकोहरुका लागि हो ।

क्लबहाउसले फोटो र बायो लुकाइरहेको छ जसले गर्दा अकाउन्ट भेटाउन गाह्रो हुने गर्दछ । तर प्रयोगकर्ताहरुले अकाउन्ट देखिरहने बनाउन चाहेमा त्यस्तो गर्न पनि सकिन्छ ।

यस्तो फिचरहरुले प्रयोगकर्ताहरुको फलोअर नघटने पनि एपले बताएको छ । एपले प्रयोगकर्ताहरुलाई वास्तविक नाम पनि प्रयोग नगर्न भनेको छ ।

यसले प्रयोगकर्ताको निजी सुरक्षा झनै बढाउने आशा गरिएको छ । अफगानिस्तानको काबुलमा तालिबानहरुले कब्जा गरेपछि कम्पनीहरुले गोपनियता फिचहरुलाई बढावा दिएको हो ।