कीवर्डहरू -

फेसबुकले सार्वजनिक गर्‍यो पहिलो त्रैमासिकमा सबैभन्दा बढी हेरिएको कन्टेन्ट रिपोर्ट

फेसबुकले सार्वजनिक गर्‍यो पहिलो त्रैमासिकमा सबैभन्दा बढी हेरिएको कन्टेन्ट रिपोर्ट

आलोचना पछि फेसबुकले पहिलो त्रैमासिकमा सबैभन्दा बढी हेरिएको कन्टेन्टको रिपोर्ट सार्वजनिक गरेको छ । धेरै प्लेटफर्महरुले फेसबुकमा धेरैजस्तो बढी हेरिएको कन्टेन्टहरु भ्रामक र रुढीवादी न्यूज म्याक्स, बेन स्यापिरो र डान बोनजिनो जस्ता व्यक्ति तथा सञ्जालबाट आउने गरेको आरोप लगाएका थिए ।

त्यही कुराको खण्डन गर्दै फेसबुकले आफ्नो धेरैजस्तो कन्टेन्ट युट्युब, अमेजन, टिकटक र टम्बलरको जिआईएफबाट आएकोे रिपोर्टमा बताएको छ । सबैभन्दा बढी हेरिएको कन्टेन्टमा एक जना फलोरिडाको डाक्टरले कोभिडको खोप लगाएर मरेको लिकं रहेको थियो ।

फेसबुकले पटकपटक गलत जानकारी विरुद्ध काम गरिरहँदा पनि ठूलो प्लेटफर्म भएकाले समयसमयमा गलत जानकारीहरु चर्चामा आउने गर्दछन् ।