कीवर्डहरू -

८ जीबी र्‍याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ? 

८ जीबी र्‍याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ? 

भिभोले नेपाली बजारमा वाई ५३ एस स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६४ मेगापिक्सेल रियर क्यामेरा छ ।वाई ५३ एस स्मार्टफोनमा ८ जीबी र ३ जीबी एक्स्टेन्डेड र्‍याम समावेश भएकोले मल्टिपल एप्स प्रयोग गर्दा स्मूथ एक्स्पेरिएन्स पाउन सकिने छ ।

३३ वाट फ्लास चार्ज सपोर्ट रहेको फोनमा ५ हजार एमएएच क्षमताको व्याट्री राखिएको छ । भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरबको अनुभव भएको बताए ।

वाई ५३ एस स्मार्टफोनमा ६४ मेगापिक्सेल रियर क्यामेरा,  २ मेगापिक्सेल बोके क्यामेरा र २ मेगापिक्सेल म्याक्रो क्यामेरा समावेश गरिएको छ । यसमा आइ अटोफोकस प्रविधि सहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय, फोटो र भिडियो तयार गर्दछ ।

फेज डिटेक्सन अटोफोकस प्रविधि समेत यसमा राखिएको छ । यसमा भएको सुपर नाईट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ ।

वाई ५३ एसमा इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसनको प्रयोग गरि अल्ट्रा-स्टेबल भिडियो फिचर समावेश गरिएको छ । जसले भिडियो खिच्दा अल्ट्रा-स्टेबल आउटपुट प्रदान गर्दछ । यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।

यसमा १२८ जीबी रोम छ भने यसको रोमलाई १ टिबी सम्म  बढाउन सकिन्छ । यो फोनको मूल्य नेपालमा ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।