कीवर्डहरू -

टिकटकबाट अब किनमेल गर्न सकिने

टिकटकबाट अब किनमेल गर्न सकिने

टिकटकमा नयाँ शपिङ ट्याब उपलब्ध भएको छ । विस्तारै टिकटमा पनि किनमेलको अप्सन ल्याउनका लागि सपिङ ट्याब ल्याइएको हो । टिकटक शपिफाई र टिकटकमा क्रियटरहरुले देखाएको कुरा किनमेल गर्न सकिने भएको छ ।

यो व्यवसायीक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा नयाँ ट्याब राख्न सक्छन् र प्रडक्ट क्याटालगलाई सिंक गर्न पनि सकिने छ । भुक्तानी गर्ने माध्यमलाई पनि लिकंं गर्न सकिन्छ । यो फिचर अहिलेका लागि अमेरिका र बेलायतका लागि उपलब्ध भएको छ ।

यो बेटा फिचर केही दिनमा क्यानडामा पनि उपलब्ध हुनेछ र त्यसपछि विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ । शपिफाईमा सामानहरुलाई ट्याग पनि गर्न सकिन्छ । त्यो ट्यागले खरिदकर्तालाई सिधै अनलाइन स्टोरमा पठाईदिने गर्दछ ।