कीवर्डहरू -

अब इन्स्टाग्राममा शिर्षकको आधारमा पनि कन्टेन्ट सर्च गर्न सकिने

अब इन्स्टाग्राममा शिर्षकको आधारमा पनि कन्टेन्ट सर्च गर्न सकिने

इन्स्टाग्रामले सर्च परिणाम अझै प्रभावकारी बनाउन 'इन्ट्रेस्ट सर्च' भन्ने फिचरको परिक्षण गरिरहेको छ । यसले प्रयोगकर्ताहरुलाई शिर्षकको आधारमा पनि कन्टेन्टहरु सर्च गर्न दिनेछ । यो भन्दा पहिले इन्स्टाग्राममा अकाउन्ट नाम र ह्यासट्याग मात्रै हालेर सर्च गर्न मिल्ने व्यवस्था रहेको थियो ।

अहिले सम्म इन्स्टाग्राममा आफूलाई चाहिएको कन्टेन्ट सर्च गर्दा अकाउन्ट देखाउने हुँदा यो फिचर प्रभावकारी हुन सक्नेछ । यो फिचर आएमा इन्स्टाग्राममा पनि पिनट्रेस्टकै जसरी सर्च रिजल्ट आउने छ । यो कुराको जानकारी इन्स्टाग्रामका प्रमुख एडाम मोसेरीले ट्वीटरमा भिडियोको मार्फत दिएका थिए ।

सर्च रिजल्ट थुप्रै भाषामा पनि पाइने जनाइएको छ । यसमा अझै धेरै परिमार्जन गर्नुपर्ने उनले बताएका छन् । इन एप क्यामेरा प्रयोग गरेर प्रडक्ट खोज्न मिल्ने भिजुअल सर्चको फिचरमा पनि इन्स्टाग्राम काम गरिरहेको छ ।