कीवर्डहरू -

मोबाइल बैंकिङ कारोबारमा नयाँ रेकर्ड, वर्षदिनमा २९१ प्रतिशतले वृद्धि 

मोबाइल बैंकिङ कारोबारमा नयाँ रेकर्ड, वर्षदिनमा २९१ प्रतिशतले वृद्धि 

इन्टरनेट बैंकिङबाट हुने कारोबार घटिरहेको बेला मोबाइल बैंकिङबाट हुने भुक्तानी भने उच्च भएको छ । गत आर्थिक वर्षभरीमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार गएको असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा भने मोबाइल बैंकिङ कारोबार १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

यस हिसाबले हेर्दा वर्षदिनमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोना संक्रमणका कारण लकडाउन र बैंकहरुले भौतिक उपस्थितिलाई सकेसम्म कम गरेसँगै मोबाइल बैंकिङ कारोबार उच्च भएको हो । गत आर्थिक वर्षका हरेक महिना मोबाइल बैंकिङ कारोबार तीव्र रुपमा बढेको छ ।