कीवर्डहरू -

चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्न नपाउने

चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो  गेम खेल्न नपाउने

चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढि भिडियो गेम खेल्न नमिल्ने नियम ल्याएको छ ।

टेन्सेन्ट होल्डिङदेखि नेट इज इन्क जस्ता गेम कम्पनीहरुलाई चिनियाँ सरकारले बालबालिकाहरुको निम्ति ८ देखि ९ बजेसम्म शुक्रबार, शनिबार, आईतबार र सार्वजनिक विदाको बेलुका मात्रै गेम चलाउन दिन निर्देशन दिएको हो ।

सन् २०१९ मा सरकारले प्रति दिन १.५ घण्टाको नियम ल्याएको थियो । टेन्सेन्ट र अरु गेम कम्पनीले बालबालिकाहरुबाट ३ प्रतिशत मात्रै आम्दानी हुने गरेको बताएका छन् र यो प्रतिबन्ध पछि कमाईमा अझै असर पर्ने गेम कम्पनीहरुको भनाइ छ ।

सरकारले गेम कम्पनीहरुलाई अभिभावक, विद्यालय र समाजका अरु सदस्यहरुसँग मिलेर खेल लत कसरी कम गर्न सकिन्छ भन्ने पक्षमा पनि ध्यान दिन निर्देशन दिएको छ ।

सरकारले आफ्नो भविष्यको पूर्वाधारलाई सिर्जनात्मक काममा ध्यान दिन लगाउनका लागि यस्तो नियम ल्याएको बताइएको छ ।