कीवर्डहरू -

अब फेसबुकमा राजनीतिक सामाग्री कम आउने, फेसबुकले फिल्टर गर्दै

अब फेसबुकमा राजनीतिक सामाग्री कम आउने, फेसबुकले फिल्टर गर्दै

फेसबुक अब न्यूज फिडमा राजनीतिक सामाग्री कम गर्ने भएको छ । यो फिचर सुरुमा अमेरिका, क्यानेडा, ब्राजिल र इन्डोनेसियामा परीक्षण भएको थियो र अब यो अरु देशहरुमा पनि लागु हुने भएको छ ।

प्रयोगकर्ताहरुले राजनीतिक सामाग्रीको संख्या कम गर्न भनेर प्रतिक्रिया आएपछि यो पहल फेसबुकले चालेको हो । फेसबुकमा राजनीति सामाग्री धेरै भएको भन्दै फेसबुकले यस्तो गर्न लागेको हो ।

यसले गलत जानकारीको दर पनि घटाउने अनुमान गरिएको छ । यसले राजनीतिक गतिविधिहरु पनि केही हदसम्म व्यवस्थित हुने र घृणाको भाषा पनि कम गर्न सक्ने विश्वास गरिएको छ ।