कीवर्डहरू -

दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने

दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने

अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरेको छ ।

दराजको मोबाइल एपमा उपलब्ध हुने ‘दराज लाइभ’ दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भाग भएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूका लागि वास्तविक अनुभव दिलाउन खुद्रा बिक्री र मनोरञ्जनमा केन्द्रित हुने र घरमै बसी बसी ब्रान्ड, उत्पादनहरुको बारेमा जानकारी पाउन सकिने दराजले जनाएको छ ।

दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा आयोजना हुनेछ । ग्राहकहरुले दिनमा १२ बजे, ४ बजे र ६ बजे दराज एपमार्फत लाइभ हेर्न पाउनेछन् ।

दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रम पनि हेर्न पाउने दराजले जनाएको छ ।