कीवर्डहरू -

सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने 

सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त कम्पनी सेल पेले ‘बुबाको लागि स्पेसल उपहार’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सेलपेका ग्राहकले सेलपे कार्टबाट स्मार्टफोन र एक्सेसरिजहरू खरिद गर्दा FD 500 कुपन कोड प्रयोग गरेमा ५०० रूपैयाँ सम्मको क्यासब्याक पाउने छन् ।

उक्त क्यासब्याक पाउन कम्तिमा ५ हजार सामान खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड ग्राहकले मात्र क्यासब्याक पाउने छन् । यो अफर भदौ १८ गतेदेखि २२ गतेसम्म लागु हुनेछ ।

सेलपे केही समय अगाडि मात्रै वालेटमा रूपान्तरण भएको थियो । सेलपेबाट दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब चार लाख मर्चेण्टहरुमा भुक्तानी गर्न सकिन्छ ।