कीवर्डहरू -

इन्टरनेट विस्तारमा नेपाल टेलिकमलाई सफलता, ४७५ प्रतिशतले राजश्व वृद्धि

इन्टरनेट विस्तारमा नेपाल टेलिकमलाई सफलता, ४७५ प्रतिशतले राजश्व वृद्धि

मुलुकमा इन्टरनेट विस्तरमा तीव्ररुपमा फैलिरहेको बेला नेपाल टेलिकमको एफटीटीएचले ठूलो सफलता हात पारेको छ । उसले एक वर्षको अवधिका एफटीटीएचबाट गरेको आम्दानीमा ४७५ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल टेलिकमले सोमबार पत्रकार भेटघाट कार्यक्रममा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७/७८ मा एफटीटीएचबाट ६९ करोड आम्दानी गरेको जानकारी गरायो । यो त्यसअघिको वर्षको तुलननामा ४७५ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०७६/७७ मा एफटीटीएचबाट गरेको आम्दानी १२ करोड रुपैयाँ रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमले एफटीटीएच सेवा ल्याएपछि बजारको मूल्य नियन्त्रण भएको बताए । ‘हामीले एफटीटीएच सेवा विस्तरबाट बजार हस्तक्षेप गरेका छौं,’ उनले भने, ‘इन्टरनेटको मूल्यमा नियन्त्रण भएको छ ।’

नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार टेलिकमले १ लाख ८० हजार ५३४ एफटिटिएच जडान गरेको हो ।

११ लाख ७४ हजार घरधुरीका लाडि डिजिटल म्यापि सपम्न भएको छ भने ५ लाख ६४ हजारका लागि नेटवर्क जडान कार्य सम्पन्न भएको छ । साथै, १ लाख ८० हजार ग्राहकमा सेवा वितरण भएको र ५५ लाखका १०८ स्थानीय तहका १३५ स्थानहरुमा सेवाको पहुँच पुगेको प्रवक्ता राजेश जोशीले बताए ।

नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ ।

टेलिकमले एफटिटिएच विस्तार तिब्र गतिमा अगाडि बढाएको छ । टेलिकमले चालु आर्थिक वर्षको २०७८/७९ बार्षिक कार्यक्रम अन्तर्गत मुलुकभर थप २ लाख २६ हजार फाइबर नेट विस्तारको योजना ल्याएको छ ।

टेलिकमले यो आर्थिक वर्षलाई एफटिटिएच सेवा विस्तारको वर्षको रूपमा मनाउने घोषणा पनि गरेको छ । त्यस्तै कम्पनीले यो आर्थिक वर्षमा ६५ जिल्लामा एफटिटिएच विस्तार गर्ने लक्ष्य लिएको छ ।